Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले महाधिवेशन प्रतिनिधि चयन : मोरङबाट ४६ जना चुनिने, तीन गुणा बढीको उम्मेदवारी

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

विराटनगर । नेकपा एमालेको मंसिर २७ देखि २९ सम्म तोकिएको ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट चुनिने प्रतिनिधि संख्याको तुलनामा तीन गुणा बढी उम्मेदवारी परेको छ ।

मोरङबाट कुल ४६ जना प्रतिनिधि चुनिने छन् । तर मंगलबार अपरान्ह ३ बजेसम्म तोकिएको मनोनयन दर्ताको अवधिभित्र १४५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । यो संख्या तीन गुणाभन्दा पनि बढी हो ।

प्रतिनिधिसभातर्फका ६ वटा निर्वाचन क्षेत्र र दलित एक गरी जम्मा ७ वटा क्षेत्र तोकेर महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।

यी क्षेत्रबाट २१ जना खुला, १५ जना महिला, ७ जना युवा र ३ जना दलित प्रतिनिधि गरी ४६ जना प्रतिनिधि छानिने छन् । तर तीन गुणा बढी हुने गरी १४५ जनाको उम्मेदवारी दर्ता भएको नेकपा एमाले मोरङले गठन निर्वाचन समितिले जनाएको छ । 

क्षेत्र नम्बर १ बाट छानिने कुल ८ जनाका लागि गंगाप्रसाद बाँस्तोला, गंगा खरेल, सुरेन्द्रकुमार शेर्मा, योगराज लिम्वू, डिल्लीराम शर्मा अधिकारी, उमाकान्त गौतम, डिल्लीप्रसाद खतिवडा, देवीप्रसाद आचार्य, पर्तमान धिमाल, बुद्धिमान लिम्वू, सुमन मिरिङचिङ, भूपेन्द्रकुमार लावती, यज्ञप्रसाद सुवेदी, कृष्णकुमारी पोखरेल, मेनुका आचार्य, उर्मिला थापा, मेनु पाण्डे, सरला राई, शान्तिकुमारी लिम्वू, हिरा श्रेष्ठ, मिनाकुमारी खतिवडा, नितम चौहान, उर्गेन तामाङ र भीमबहादुर कार्कीले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ मा ६ जनाका लागि ऋषिकेश पोखरेल, अनिलकुमार पोखरेल, विष्णु पोखरेल, शंकर थापा, डिवी कार्की, श्याम राजवंशी, गोपालबहादुर कार्की, सुशील बुढाथोकी, हसन इमाम बक्स, लिलाबल्लभ अधिकारी, जगत काफ्ले, राम गुरुङ, नुरसदी बेगम, मीराकुमारी दास, भूमिका दुलाल, गितादेवी बानिया, सरोजकुमारी झा, रामजना अधिकारी, हेमेश्वर राई, बमलाल खवास र करण ठाकुरले उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नम्बर ३ मा ९ जनाका लागि भगतचन्द्र थपलिया, इरान राई, भोलाप्रसाद अधिकारी, ज्ञानेन्द्र सुवेदी, सन्तोष बान्तवा, बासुदेव थापा, सुरेन्द्रबहादुर थापा, प्रकाशबहादुर कार्की, बीरेन्द्र श्रेष्ठ, भूपाल श्रेष्ठ, रोशनप्रसाद ढकाल, भोजराज श्रेष्ठ, राजकुमार ओझा, रविन थापा, बाबुराम येङदेन, अम्बरबहादुर गुरुङ, शंकर गुरुङ, मातृकाप्रसाद ढकाल, केदारप्रसाद गुरागाईँ, दिलिपकुमार राई, चन्द्र नेउपाने, रमेश दाहाल, प्रकाश राई, दिलप्रसाद राई, यसोदा लिम्बू, धनमाया तामाङ, यमुना विष्ट, सीता तामाङ, दुर्गा सुवेदी दंगाल, रत्नदेवी गुरुङ, अञ्जु सिग्ेदल, नवीन पौडेल, विजय डाँगी, भविन पाण्डे, निरजकुमार ढकाल, हिमालय थापा र प्रदिप नेपालले उम्मेदवारी दर्ता गरेको जनाइएको छ ।

क्षेत्र नम्बर ४ मा ६ जना प्रतिनिधि चयन हुन बाबुराम कार्की, नरेन्द्र वस्नेत, मुकेश बुढाथोकी, विज्ञान चापागाईँ, महेशप्रसाद भट्टराई, धनराज राई र बासु बस्नेत, विमला दाहाल घिमिरे, तीर्था आचार्य, फुलथुंगा खतिवडा, लिलादेवी रिजाल, गुणावती धामी, राम पोखरेल, निरञ्जन ढुगांना, नवराज नेपाल ( टुप्पी) र अर्जुन गिरीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर ५ मा ६ जनाका लागि सुरजकुमार राजवंशी, मनोज अग्रवाल, दिलिपकुमार बगडिया, विक्रम तिवारी, अजिम आलम, ज्ञानेश्वर राजवंशी, जयनरथ गिरी (कृष्ण) र डिल्लीराम घिमिरे, उषा झा, पुनम कोइराला, शान्ता डंगोल, कमला श्रेष्ठ, मजहर आलम र हमिद आजादले उम्मेदवारी दर्ता गरेका हुन् ।

८ जना प्रतिनिधि चयन हुने क्षेत्र नम्बरमा ६ मा रमेशप्रसाद पोखरेल, पीतकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, मीनकुमार आचार्य, मकरबहादुर बुढाथोकी, युवराज बराल, गिरेन्द्र कार्की, भोला बराल, ज्ञानेन्द्र ओझा, रोहित कोइराला, सरस्वती भण्डारी, सरस्वती खरेल, रिता न्यौपाने, चेतकुमारी बस्नेत, जानुका बड्तौला, सन्तोष घिमिरे, प्रतीक ढकाल, प्रविण घिमिरे, नवीन पहाडी, पूजा लम्साल थापा, सागर बराल र किरण लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

यता, दलित क्षेत्रमा खुल्लातर्फ दुई र महिलातर्फ एक प्रतिनिधिका लागि किशोर विश्वकर्मा, मन्टुकुमार राम मोची, खेमराज नेपाली, डिल्ली विश्वकर्मा, किशनलाल सरदार, जितनारायण सरदार, टुनाकुमारी विक, रिन्कुदेवी परियार, गीतादेवी शिवा र दुर्गा नेपालीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

एमाले स्रोतका भित्रभित्रै चर्किएको नेतृत्व परिवर्तनको बहस अनुसार नै मोरङमा पनि ६ वटा निर्वाचन क्षेत्र र दलिततर्फको एक क्षेत्रका लागि दुईवटा प्यानल झल्किने गरी उम्मेदवारी दर्ता भएको हो ।

यसअघि विद्यादेवी भण्डारी समूहको नेतृत्व गर्दै मोरङका प्रभावशाली रुपमा राजनीतिक मैदानमा फर्किएका सल्लाहकार कमिटीका सदस्य विनोद ढकालले मोरङ भूगोलमा अध्यक्ष केपी शर्मा ओली इतर समूहको नेतृत्व गर्नेछन् । 

एमालेले सल्लाहकार कमिटीबाट २५ जना मनोनित गर्ने व्यवस्था गरेपनि आफू सो कोटामा नपर्ने निश्चित भएपछि ढकाल आफ्नो सवैभन्दा बलियो क्षेत्र मानिएको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि चुनिएर अघि बढ्ने तयारी गरेका छन् । उनले पार्टी कार्यालय पाञ्चालीमा मंगलबार मनोनयन दर्ता गरेका हुन् ।

View : 301

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved