Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

आठ पटकको जिल्ला लिग विजेता सम्राट पहिलो पटक विराट गोल्डकप खेल्दै

उद्‌घोष संवाददाता
२४ चैत २०८२, मङ्गलवार

Advertisement

विराटनगर । चैत २८ बाट विराटनगरस्थित शहीद रंगशालामा सुरु हुने विराट गोल्डकप फुटबलको ३८ औं संस्करणमा घरेलु टोलीको रुपमा सम्राट स्पोर्टिङ क्लब पहिलोपटक सहभागी बन्दैछ ।

मोरङ जिल्लाको ए डिभिजन लिग आठपटक वितेको सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष किरण गिरीले दिएको जानकारी अनुसार यसपटक क्लबले घरेलु टिमका रुपमा प्रतिष्पर्धा गर्दैछ ।

‘ठूलो प्रतियोगितामा हामी पहिलोपटक प्रतिष्पर्धामा उत्रँदैछौं' अध्यक्ष गिरीले भने, 'हाम्रा खेलाडी, व्यवस्थापनहरु उच्च मनोबलसहित मैदानमा उत्रेर आफ्नो बेस्ट दिने प्रयासमा हुनेछन् ।’

क्राउड, फन्डिङ तथा कमिटी आधारित व्यवस्थापनबाट सञ्चालन हुँदै आएको क्लबले स्थानीय खेलाडीहरु समेटेर टिम बनाएको र उनीहरुको सहयोगका लागि अपिल पनि गरेको छ ।

प्रतियोगितामा नेपाल र भारतका ८ टिमले सहभागिता जनाउँदैछन् ।

View : 219

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved