विराटनगर । वैदिक सनातन धर्म संरक्षण समिति नेपाल, इलाम शाखाको अध्यक्षमा पण्डित कृष्ण घिमिरे चयन भएका छन् । इलाम नगरपालिका–९, तोरिबारीस्थित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन केन्द्रमा आयोजित विशेष भेलाले इलाम जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरेको हो ।
निर्वाचन संयोजक केसरमणि निरौलाको संयोजकत्वमा सम्पन्न सो भेलाले नयाँ नेतृत्व चयन गरेको संस्थाका केन्द्रीय महासचिव खगेन्द्रप्रसाद निरौलाले जानकारी दिए । नयाँ कार्यसमिति चयनसँगै जिल्लामा धार्मिक तथा सांस्कृतिक जागरणका गतिविधिले तीव्रता पाउने अपेक्षा गरिएको छ ।
१२ सदस्यीय समितिको प्रथम उपाध्यक्षमा विष्णु भट्टराई, द्वितीय उपाध्यक्ष लक्ष्मीप्रसाद खतिवडा, सचिव युवराज घिमिरे, सहसचिव दुर्गा ढुंगेल र कोषाध्यक्षमा भोगेन्द्र दाहाल छन् । त्यसैगरी, कार्यसमिति सदस्यहरूमा हरिप्रसाद बराल, पदमप्रसाद खतिवडा, मनोज पोखरेल, भानु पौडेल, राजन भट्टराई र नरेन्द्र पौडेल छन् ।
नवगठित समितिलाई निर्वाचन संयोजक एवं केन्द्रीय कोषाध्यक्ष केसरमणि निरौला, निर्वाचन समिति सदस्य एवं सप्तमाई गुरुकुलका प्रधानाध्यापक रामप्रसाद खतिवडा र केन्द्रीय उपाध्यक्ष मदनमोहन अधिकारी लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नवनियुक्त समितिले इलाम जिल्लाभर वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका लागि विभिन्न रचनात्मक र चेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
View : 218
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved