Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

हेलिकप्टरबाट सप्तरीको कंङ्कालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

उद्‌घोष संवाददाता
१५ असोज २०८२, बुधवार

राजविराज । नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको हो ।

विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको छ ।

कङ्कालिनी मन्दिरमा महानवमीका दिन वुधबार यहाँ राँगा बलि दिने चलन छ ।

राँगा बलिका लागि हालसम्म ५९० आइपुगेको मन्दिर विकास समितिले जनाएको छ । वुधबार यहाँ पनि ठूलो मेलासमेत लागेको छ ।

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत पुष्प वृष्टि गरिएको छ ।

गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

View : 445

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved