विराटनगर(उस)÷ काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाह र विराटनगर जेसिजका युवा नेतृत्वबीच मुलुकको समसामयिक राजनीति, युवाको भूमिका र आगामी विकासका मुद्दामा सौहार्दपूर्ण विचार–विमर्श भएको छ ।
बुधबार दमकमा भएको सो भेटघाटका क्रममा बालेनले युवाहरूको नयाँ सोच, सक्रियता र नेतृत्व क्षमताले मात्र राष्ट्र निर्माणमा ठोस योगदान पु¥याउन सक्ने उल्लेख गरे । उनले सकारात्मक परिवर्तनका लागि युवाहरू सधैं अग्रसर हुनुपर्ने र पुरानो कार्यशैलीलाई चुनौती दिंदै धरातलीय विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
विराटनगरको युवा नेतृत्वको पनि सहभागिता भेटघाटमा नेपाल जेसिजका पूर्व राष्ट्रराष्ट्रिय अध्यक्ष (सिनेटर) महेश पौडेल, नेपाल जुनियर जेसिज निवर्तमान संयोजक रिकेश भण्डारी र राष्ट्रिय जुनियर जेसिज क्षेत्र ‘क’ निवर्तमान संयोजक गौरव कर्णको उपस्थिति थियो ।
विशेषगरी विराटनगरबाट जुनियर जेसिजका उपाध्यक्ष आदित्य कोइरालाले पनि सो छलफलमा सहभागिता जनाउँदै स्थानीय स्तरका युवा समस्या र सम्भावनाबारे बालेनसँग संवाद गरेका थिए । सो भेटघाटले आगामी निर्वाचन र युवा सहभागिताको सन्दर्भमा समेत विशेष महत्त्व राखेको सहभागीहरूले बताएका छन् ।
View : 147
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved