Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

घाइते अमेरिकी महिलाको उद्धार

उद्घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–११ साल्मेबाट प्रहरीले एक घाइते अमेरिकी महिलाको उद्धार गरेको छ ।

अविरल बर्षाको कारण पहिरो गई सिद्धिचरण लोकमार्ग अवरोध भएको अवस्थामा काठमाडौंबाट सल्लेरी आउने क्रममा उनी घाइते भएकी थिइन् । 

घाइते अमेरिकी नागरिक वेस्ली इलाना स्चन्यापको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

माथिबाट झरेको ढुंगाले खुट्टामा लागी घाइते भएकी स्चन्यापबारे जानकारी प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र अस्थायी प्रहरी चौकी रमिते सोलुखुम्बुबाट प्रहरी टोली खटी गएको थियो । 

घाइते महिलालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु पठाइएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

View : 28

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved