Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग वाणिज्य महासंघको व्यापार समिति सभापतिमा रिजाल मनोनीत

उद्‌घोष संवाददाता
९ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल  महासंघको व्यापार समितिको सभापतिमा मनोनित भएका छन् ।

सोमबार बसेको महासंघको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकारसहित परिषद्हरू र विभिन्न समितिका सभापतिहरू मनोनित गरेको हो । 

मोरङ व्यापार संघका पूर्वअध्यक्ष रिजाललाई महासंघका अध्यक्ष अन्जन श्रेष्ठले केही समयअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । 

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्वअध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका छन् ।

यसैगरी उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्ला नगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा जिल्ला नगर क्षेत्रकै उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ मनोनित भएका छन् । 

यसैगरी वस्तुगत परिषद् सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, रोजगारदाता परिषद् सभापतिमा एशोसिएट सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनित भए ।

कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ र महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी मनोनित भएका छन् ।

त्यसैगरी सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारवहन समिति सभापतिमा लिलेन्द्रप्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष बिष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होमप्रसाद घिमिरे र व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठलाई मनोनित गरिएको छ ।

त्यसैगरी सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेसन समिति सभापतिमा सहारा जोशी, पुँजी बजार समिति सभापतिमा  प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरी मनोनित भएका छन् ।

View : 168

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved