Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सर्लाही–३ मा नारायणकाजीलाई टिकट दिएपछि नेकपा नेता रामेश्वर राय यादव जसपामा प्रवेश

उद्‌घोष संवाददाता
४ माघ २०८२, आइतवार

विराटनगर । सर्लाही–३ मा नारायणकाजी श्रेष्ठलाई टिकट दिन लागेपछि नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामेश्वर राय दलबलसहित जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार स्वागत गरेका छन् । 

आफु आकांक्षी रहेको क्षेत्रमा नेकपाले नारायणकाजी श्रेष्ठलाई अघि सारेपछि उनी असन्तुष्ट बनेका थिए  । 

यादवससँगै सर्लाही–३ मै रहेको चक्रघट्टा गाउ“पालिकाका पूर्वअध्यक्ष विक्रम यादव लगायतका नेकपाका नेता कार्यकर्ता जसपा प्रवेश गरेको जनाइएको छ ।

View : 111

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved