Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीपको व्यवस्थापन संकायमा ३३५ विद्यार्थी भर्ना

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगर–१० स्थित शिक्षादीप कलेजको व्यवस्थापन संकायमा भर्ना भएका ३३५ जना विद्यार्थीहरूलाई आइतबार अभिमुखीकरण गरिएको छ । 

कलेजले व्यवस्थापन संकायको महत्व र भविष्यको सम्भावनाबारे विद्यार्थीहरूलाई जानकारी गराएको हो । 

कलेजका अध्यक्ष एवं कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले भविष्यमा राम्रो मान्छे बन्नका लागि अहिल्यैदेखि सपनामा देख्नसक्नु पर्ने बताए । 

उनले अध्ययनलाई निरन्तरता दिंदै नेतृत्व विकास गर्न सके व्यवस्थापन संकायबाटै हरेक मानिसले ठूलो ठूलो प्रगति हाँसिल गर्न सकिने भन्दै विद्यार्थीहरूलाई पठनपाठनका लागि उत्प्रेरित गरे ।

सो अवसरमा एसईई परीक्षामा जीपीए ४ ल्याएर उतीर्ण भई शिक्षादीपको व्यवस्थापन संकायमा भर्ना हुने विद्यार्थीहरू शिवानी गेलाल र प्रेक्षा चौधरी, प्रवेश परीक्षा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरू अविशेककुमार रोय, अमृताकुमारी साह, सोनाली सिंह, दिपेन्द्रकुमार यादव, सन्ध्याकुमारी दास, सिमन भट्टराई, समृद्धि चौधरी, शिशिरकुमार झा, उर्वसी कर्ण, अविशा कोइराला र आरुषी शर्मालाई सम्मान गरिएको थियो ।

कलेजका प्राचार्य ज्ञानु खड्काले अनुशासित शिक्षाका लागि शिक्षादीपले कुनै पनि कसर नछाड्ने बताए । उनले भर्ना भएका हरेक विद्यार्थीको भविष्य निर्माणमा कलेज पूर्ण रुपमा सहयोग गर्ने बताए ।

कार्यक्रमका व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई,  प्रमुख निर्देशन  शैलेन्द्र सिवाकोटी, चार्टर्ड एकाउन्टेन्ट युवराज उप्रेती लगायत कलेजका सञ्चालक, अभिभावक र नयाँ भर्ना भएका विद्यार्थीहरूको उपस्थिति थियो ।

View : 308

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved