Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

सडक सौन्दर्यकरणका लागि सिटिजन बैंकको सहयोग

उद्‌घोष सम्वाददाता
१० पुष २०८१, बुधवार

विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि सिटिजन बैंक लिमिटेडले २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

बैंकका प्रदेश प्रमुख दिवश सिंह ठकुरीसहित मुक्तिनाथ तिम्सिना, मीनबहादुर घिमिरे र पुनन बडालले महानगरपालिका मेयर नागेश कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । 

हालसम्म २८ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।

सिटिजन बैंकसहित १५ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २८ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ । रोडशेषदेखि दक्षिण मुख्यमन्त्री कार्यालय अगाडिको डिभाइडरमा पनि तारजाली लगाइसकिएको महानगरले जनाएको छ ।

View : 69

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved