सुनसरी । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति (राजा) क्लब इटहरीले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेड उदयपुरलाई १–० गोल अन्तरले पराजित गर्दै राजा क्लबले उपाधि जितेको हो ।
राजा क्लबलाई उपाधि जिताउन प्रवेश बस्नेतले निर्णायक गोल गरे । बस्नेतले मध्यान्तरपछिको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रराजा क्लबले उपाधिसँगै २ लाख रूपैयाँ हात पारेको छ ।
उपविजेता भनेको गाईघाट युनाइटेडले रू १ लाख रूपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए । उनले २५ हजार पुरस्कार पाए ।
मङ्सिर १५ गतेदेखि सुरू भएको प्रतियोगितामा एक भारतीयसहित आठ खेल टोलीको सहभागिता थियो ।
View : 147
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved