महेन्द्रप्रसाद रिजाल
विराटनगर । शिक्षासेवी महेन्द्रप्रसाद रिजालको आइतबार बिहान निधन भएको छ । रिजालको विराटनगर–१ ठूलोमिलचोकस्थित आफ्नै निवासमा बिहान २ बजे निधन भएको हो ।
जनता कानुन क्याम्पस विराटनगरमा स्थापनाकालदेखि नै प्राध्यापन गरेका रिजालले केही समय महेन्द्र मोरङ क्याम्पसमा पनि पढाएका थिए ।
रिजाल २०२७ मा गठित नेपाल ल कमिसनको सदस्य भएका थिए । उनी २०४६ सालपछि विराटनगरको प्रतिष्ठित संस्था एलिट क्लबको दुुई पटक अध्यक्ष भए । रिजाल विभिन्न रोगको औषधि सेवन गर्दै भएपनि सार्वजनिक कार्यक्रममा सक्रिय सहभागी हुँदै आएका थिए । विशेष गरी एलिट क्लबको कार्यक्रम उनले विरलै छुटाउने गरेको क्लबका महासचिव यज्ञ शर्माले बताए ।
एक हप्ताअघि बिग होटलमा भएको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएको दुई दिनपछि भने रिजाल बिरामी परेका थिए । उनलाई नोबेल अस्पतालमा अन्तिम समयसम्म उपचार गरी चिकित्सकै सल्लाहमा शनिबार घर ल्याइएको परिवारले जनाएको छ । दिवगंत रिजालको आइतबार सुनसरीको चतरघाटमा अन्तिम संस्कार गरिएको छ ।
View : 183
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved