विराटनगर । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न १ हजार ५ सय ९४ जनाको लागि नयाँ भर्ना खुलेको छ ।
नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ५ सय ५३ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ४१ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।
जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ हजामतर्फ ११ जना, कुचीकारतर्फ १५ जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।
प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीतर्फ हजाम र कुचीकार पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली
सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।
प्रहरी कार्यालय सहयोगीतर्फ खेलाडी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने जनाइएको छ ।
View : 347
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved