विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जेनजी आन्दोलनले मुलुकलाई नयाँ बाटोमा अघि बढाएकोले ठूलो क्षति व्यहोरेर पनि निजी क्षेत्रले हरेक नखाएको बताएका छन् ।
अध्यक्ष राउतले महासंघ कोशी प्रदेश समितिको तर्फबाट बुधबार अर्थमन्त्री रामेश्वर खनाललाई सुझाव पत्र दिंदै निजी क्षेत्रले आगामी दिनमा अझ राम्रो काम गरेर अघि बढ्ने अठोट लिएको बताए ।
वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराउने र देशमा सुशासन कायम राख्नेमा निजी क्षेत्र विश्वस्त रहेकोले सम्पूर्ण सहयोग गर्ने उनले बताए ।
राउतले निजी क्षेत्रको पुनरुत्थानका लागि सरकारले घोषणा गरेका राहत र सुविधाका प्याकेजहरू सह्रानीय भए पनि अझै पर्याप्त नरहेको बताए ।
लयमा फर्किंदै गरेको अर्थतन्त्रलाई जेनजी आन्दोलनबाट ठूलो धक्का लागेकोले यस्तो अवस्थाबाट अघि बढ्न सरकारको सक्रिय सहयोग आवश्यक रहेको बताए ।
भन्सार विभागले बढी राजश्व संकलन गर्ने नाममा छुट्टै भन्सार मूल्याङ्कन पुस्तिका मार्फत मूल्यांकन गर्ने परिपाटी खारेज गर्न निजी क्षेत्रले दिएको सुझावलाई मन्त्री खनालले अनलाइन भ्यालुएशन सफ्टवेयरको सञ्चालनमार्फत सुरुवात गर्नु स्वागतयोग्य भएको बताए ।
राउतले पर्यटन र सेवा क्षेत्रको विकासको लागि राज्यले विशेष सुविधा र सहुलियत घोषणा गर्न माग गरे ।
आन्दोलनका क्रममा देशैभरीका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यक्तिको निजी सम्पतिमा आगजनी र तोडफोड भएकोले यसको असर दैनिक उत्पादन र रोजगारीमा समेत परिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
‘यस्तो अवस्थामा कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको आवश्यकता रहन्छ’ उनले भने, ‘लगानीको वातावरण बिग्रिने अवस्था आएको छ ।
निजी क्षेत्रको मनोवल बढाई लगानीको वातावरण बिग्रन नदिई वित्त र मौद्रिक नीतिबाट के कस्ता अल्पकालिन र दीर्घकालिन सुविधा दिन सरकारले ध्यान दिनुपर्छ ।’
उनले चालुपूँजी कर्जा मार्गदर्शनमा सुधार, पुर्नकर्जा र कर्जाको पुनर्तालिकीकरण, ब्याज अनुदान लगायतका सहुलियत तत्काल दिन आवश्यक रहेको बताए ।
सीमावर्ती नेपाली बजारलाई चलायामान बनाउन चोरी पैठारी नियन्त्रणको रणनीति आवश्यक रहेको अध्यक्ष राउतले सुझाव दिए ।
View : 511
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved