Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकारका लागि सकारात्मक सोच कार्यशाला

उद्‌घोष सम्वाददाता
३१ जेठ २०८१, बिहिवार

विराटनगर । पत्रकारहरुका लागि सकारात्मक सोच तथा प्रशंसनीय दृष्टिकोणसम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ । 

विराटनगर महानगरपालिकासँगको सहकार्यमा बुधबार विराटनगरमा आयोजित कार्यशालामा सहभागी पत्रकारहरुलाई प्रशिक्षकद्वय यज्ञ शर्मा र नारायण कडरियाले प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा सकारात्मक सोच अवधारणा र पत्रकारिता क्षेत्रमा यसको प्रयोगको क्षेत्रबारे प्रशिक्षक शर्माले जानकारी दिएका थिए । त्यसैगरी कडरियाले नेपाली पत्रकारिताको वर्तमान अवस्था र सकारात्मक सोचबारे प्रेरणात्मक पद्धतिबारे सहजीकरण गरेका थिए ।

कोशी सन्देश मिडिया प्रालिका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगर, विराटचोक, पथरी शनिश्चरे र उर्लाबारीमा कार्यरत क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved