Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

छुरी प्रहार गरी हत्या गरेको आरोपमा बृद्ध पक्राउ

उद्‌घोष संवाददाता
२९ मंसिर २०८२, सोमवार

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ खामेलकका ३६ बर्षीय प्रेमराज आङ्देम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बे पक्राउ परेका छन् । 

आइतबार वर्ण सिंहले घरमा सामान्य वादविवाद हुँदा प्रेमराजमाथि छुरा प्रहार गरेको र उनको घट्नास्थलमै मृत्यु भएको हो । 

घटनापछि प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंहलाई छुरासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

View : 211

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved