विराटनगर । असोज ७ घरायसी विवादका क्रममा विराटनगरमा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् ।
विराटनगर-९ का २५ वर्षीय श्रवण साहले भाउजू २२ वर्षीया रागिनीदेवी साहमाथि सोमबार एसिड प्रहार गरेका थिए ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार रागिनीदेवीको स्वास्थ्य अवस्था सामान्य छ ।
‘अनुहारमा टिकाटिका जस्तो थोरै छ, हातले छेक्ने क्रममा थोरै चोट छ,’ उनले भनिन् ‘घरेलु विवादमा एसिड प्रहार भएको देखिन्छ । घाइतेको अवस्था सामान्य छ ।’
एसिड प्रहार गर्ने श्रवण चाहिँ फरार नै छन् । उनको खोजी भइरहेको प्रहरी भनाइ छ ।
View : 386
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved