Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको बेड रुममै सुते प्रदर्शनकारी

उद्घोष सम्वाददाता
२१ साउन २०८१, सोमवार

प्रदर्शनकारीहरु शेख हसिनाको बेड रुममै पुगेर त्यहाँ सुतेको फोटो ।

बङ्गलादेश । केहिदिनयता चर्किएको आन्दोलनका कारण बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश नै छाड्नु परेको छ । उनको सरकारी निवासमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । प्रदर्शनकारीहरु शेख हसिनाको बेड रुममै पुगेर त्यहाँ सुतेको भिडियो सार्वजनिक भएका छन् ।

प्रधानमन्त्रीले पदबाट राजिनामा दिएको त्यहाँका सेना प्रमुख सेनाप्रमुख वाकर–उज–जमानले जानकारी दिएका छन् । 

हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेको जनाइएको छ । सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा आइतबारमात्रै ९० जनाको मृत्यु भएको थियो । त्यसैको परिणाम आज त्यहाँ आन्दोनकारीहरुको असंख्य उपस्थितिमा प्रदर्शन भएको हो ।

View : 250

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved