Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

दन्त चिकित्सकहरूको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा

उद्घोष सम्वाददाता
४ असोज २०८१, शुक्रवार

Advertisement

विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । शनिबार विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी भइरहेको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । 

संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा प्रि–कन्फर्म कार्यशाला समेत सम्पन्न गरेको छ । कार्यशालामा ७५ जना चिकित्सकहरूको सहभागिता रहेको थियो । 

नेपाल डेन्टल एशोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताले सम्मेलनमा देशभरबाट चार सय जना दन्त चिकित्सकहरूको सहभागिता रहने जानकारी दिए । उनले सम्मेलनमा १६ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूले दन्तरोगको उपचार र सेवाको बारेमा आ–आफ्नो कार्यपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ । 

सम्मेलन सम्पन्न गर्न मोरङ शाखाका अध्यक्ष डा. पवन मेहताको संयोजकत्वमा ४३ सदस्यीय मूल समारोह समितिले तयारी गरिरहेको जनाइएको छ । 

पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघ मोरङका पूर्व अध्यक्ष एवं दन्त चिकित्सक डा. फरवार्ड सिलवालले दन्त चिकित्साको क्षेत्रमा भित्रिएका नविनतम् उपकरणको बारेमा ३० वटा कम्पनीहरूले जानकारी प्रदान गर्ने बताए । 

सम्मेलनमा दाँत र त्यससम्बन्धी रोगका बारेमा भइरहेका अध्ययन तथा अन्वेषणका बारेमा चिकित्सकहरु बीच छलफल हुने पनि जनाइएको छ । 

नेपाल दन्त चिकित्सक संघका केन्द्रीय अध्यक्ष प्रणयरत्न शाक्यले दाँतको उपचारमा ढिलाई गर्न नहुने विषयलाई सम्मेलनमा मुख्य विषयका रुपमा बहस हुने जानकारी दिए । उक्त सम्मेलनको उद्‌घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने जनाइएको छ ।

View : 128

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved