विराटनगर । थारु कल्याणकारीणी सभा मोरङको सभापतिमा प्रदीप विश्वास निर्वाचित भएका छन् । विश्वासको प्यानलै निर्वाचित भएको जनाइएको छ ।
यसअघि स्थगित भएको दशौं जिल्ला अधिवेशनपछिको निर्वाचनमा विश्वासले १५४ प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
सभाको मतदाताहरु २७२ जना रहेपनि १५७ जनाले मतदान गरेका थिए । सभाको निर्वाचन प्रकृया विगतदेखि नै विवादमा पर्दै आएको थियो । सम्पन्न निर्वाचनमा पनि एउटा समुह अनुपस्थित भएको जनाइएको छ । विश्वासले १५४ मत पाएका हुन् । ३ मत बदर भएको थियो ।
निर्वाचनबाट २१ सदस्यीय कार्यसमिति र ८ जना केन्द्रीय पार्षद् निर्वाचित भएको जनाइएको छ ।
तीन उपाध्यक्षहरुमा जयन्ती खाँ, जागेश्वर विश्वास र बाबुराम चौधरी निर्वाचित भएका हुन् । सचिवमा प्रसान्त चौधरी, सह-सचिवमा ललित कुमार चौधरी निर्वाचित भएको जनाइएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित थारु संग्राहलय भवनमा निर्वाचन भएको थियो ।
View : 278
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved