विराटनगर । विराटनगर–५ मा निर्माण भैरहेको मानव सेवा आश्रमको भवन निर्माण गर्न सोमबार विभिन्न संस्था र व्यक्तिले २५ लाख ५५ हजार भन्दा बढीको सहयोग गरेका छन् ।
भवन निर्माणका लागि ट्रान्स नेपालले ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ । सो संस्थाका तर्फबाट मुकेश राठीले मानव सेवा आश्रम मोरङका अध्यक्ष लीलाकुमार ढुंगेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
राठी परिवारले नै अन्नपूर्ण केबलको तर्फबाट ५ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रदान गरेका छन् । सो रकमको चेक कम्पनीका तर्फबाट जीतेन्द्र राठीले प्रदान गरेका हुन् । त्यसैगरी विराटनगर–११ निवासी समाजसेवी चिरञ्जीवी दाहालले पनि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ दिएका छन् ।
अर्का समाजसेवी तथा भवन निर्माण समितिका कोषाध्यक्ष नितम चौहानले पनि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ आश्रमलाई दिएका छन् । उनकी श्रीमती मोनिका शर्मा चौहानका तर्फबाट पनि त्यति नै रकम प्रदान गर्ने भएका छन् ।
आश्रमका अध्यक्ष ढुंगेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा संरक्षक तथा कोशी प्रदेशका सांसद भीम पराजुली, अर्का संरक्षक इन्द्र खत्री (राजन), मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिम्सिनाका साथै दाताहरू चिरञ्जीवी दाहाल, जीतेन्द्र राठी, मुकेश राठी, नितम चौहानले मानव सेवाको महत्वका विषयमा आ–आफ्नो विचार राखेका थिए ।
सोमबार बेलुकाको खाना राठी परिवारले खुवाएको थियो ।
View : 279
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved