Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता

लिग चरणबाटै कोशी प्रदेश बाहिरिएपछि खेलाडिमाथि दाेष पन्छाउँदै खेल पदाधिकारी

‘जिम्मेवार खेलाडीले नै जिम्मेवारीपूर्वक खेले जस्तो देखिएन्, गम्भीर समिक्षा गर्छौं’
उद्घोष सम्वाददाता
३० फागुन २०८०, बुधवार

उद्घाटन खेलमा कर्णालीविरुद्ध खेल्दै कोशी प्रदेशको टोली । उक्त खेलमात्रै कोशी प्रदेशले जितेको थियो । तस्वीर: उद्घोष

विराटनगर । घरेलु टोली कोशी प्रदेश विराटनगरमा जारी कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।

मंगलबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा विभागीय टोली नेपाल आर्मीसँग ५ विकेटले पराजित हुँदै कोशी प्रदेश प्रतियोगिताबाटै बाहिरिनु परेको हो ।

कोशीले प्रतियोगिताका ४ खेल मध्ये पहिलोमा जित र त्यसपछिका ३ खेलमा लगातार हार ब्यहोरेको छ । कोशीले कुल २ अंक मात्रै जोडेको हो ।

प्रतियोगितामा पहिलो खेलमा कर्णालीलाई ३८ रनले पराजित गरेको थियो । तर मंगलबारसम्मका बाँकी तीन खेलमा लगातार हार व्यहोरेको हो । दोस्रो खेलमा मधेश प्रदेशसँगको संघषपूर्ण खेल प्रदर्शन गरेपनि ३ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा विभागीय टोली सशस्त्रस“ग ४ विकेटले र लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल आर्मीस“ग ५ विकेटले पराजित भएको हो ।

प्रतियोगिताबाटै प्रदेश बाहिरिएपछि कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले राम्रो टोली हुँदैगर्दा पनि प्रतियोगितामा खराब नजिता व्यहोर्नु परेको बताएका छन् । प्रधानमन्त्री कपमा जितबिहिन बनेर फर्किएको कोशीले यो प्रतियोगितामा कर्णालीसँगको सान्त्वना जितबाहेक सवैमा हार ब्यहोर्दै बाहिरिनु दुःखद् भएको उनले बताएका हुन् । उनले समग्र खेलको गम्भीर रुपमा समीक्षा गरिने बताए ।

‘छनौटका क्रममा हामीले उत्कृष्ट टोली हुने गरी बनाएका हौं, तर अहिले उत्कृष्ठ टोलीबाट अपेक्षाकृत नतिजा आएन, हामी गम्भीर छौं’ उनले भने,  ‘खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर च्याम्पियनशिपमा प्रवेश गराएका थियौं, केही जिम्मेवार खेलाडीले पनि जिम्मेवारीपूर्वक खेले जस्तो देखिएन् ।’

उनले छनौट चरणबाट चयन भएको टोली उत्कृष्ट भन्ने लागेपनि नजिता भने सोचेजस्तो नआएको बताए । पुरीले भने, ‘यहाँ खेलाडीले जिम्मेबारीबोध गरे जस्तो देखिएन्, ब्याटिङ, बलिङ र फिल्डिङमा तीनै क्षेत्रमा गम्भीरता पाएनौं ।’

कोशीमै भएको प्रतियोगितामा राम्रो नतिजाका लागि खेल्न नसकेपनि अब बागमती कपका लागि तयारीमा जुट्ने सचिव पुरीले बताए । खेलाडीको खेल प्रदर्शनका आधारमा टोली तयार हुने र आगामी प्रतियोगिताका लागि बन्द प्रशिक्षणको कार्यलाई संघले सुरुबाटै राख्ने जमर्को गर्ने पनि बताए ।

दिपेशले पनि राम्रो खेलेनन्

अन्तर्राष्ट्रिय खेलमा समेत क्षमता देखाएका युवा खेलाडी दिपेश कँडेलबाट समेत अपेक्षा गरेअनुसारको नतिजा नपाएको सचिव पुरीले बताए ।

उनले भने, ‘ब्याटिङमा मिनस थापाको कुरा धेरै आएको हो, तर छनोटमा उनले राम्रो नतिजा दिएका थिए, त्यसैगरी १९ वर्षमूनिका खेलाडी दिपेश कँडेलको क्षमता अनुसार खेल देखिएन्, बलिङमा इकोनोमी थियो तर त्यसले मात्र खेल जितिन्न, अन्य खेलाडीको समेत प्रदर्शन सा“च्चै सोचे जस्तो भएन् ।’

कोशी प्रदेशका मुख्य प्रशिक्षक पुष्प थापाले राम्रो खेलको अपेक्षा गरेर नै अघि बढेपनि नजिता नआएको बताए । उनले पनि खेलका क्रममा कमी कमजोरी भएको बताए । ‘त्यसलाई आगामी दिनमा सुधार्ने छौं’ उनले भने, ‘ब्याटिङ, बलिङ भन्दापनि फिल्डिङमा कमजोरी धेरै रह्यो ।’

कसले कस्तो खेले ?

कोशीका कप्तान अंकित सुवेदीले ४ खेलमा ९० रन बनाए । 

टोलीका उपकप्तान फिर्दोस अन्सारीले कर्णालीसँगको पहिलो खेलमा आठौं स्थानमा ब्याटिङ गर्दै अविजित १ रनका लागि मैदानमा थिए । आर्मीस“गको खेलमा बेन्चमा बसेको उपकप्तान अन्सारीले प्रतियोगिताभरी ३ खेलमा ४४ रन र ६ विकेट लिए ।

मिनस थापाले ४ खेलमा २२ रन बनाए । अर्का भरपर्दा ब्याट्सम्यान सुजन थपलियाले ४ खेलमा ७३ रन जोडे । अलराउण्डर दिपेश कँडेलले ४ खेलमा ७ विकेट लिंदै गर्दा ७६ रन पनि योगदान गरे ।

कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे भने च्याम्पियनशिपका क्रममा नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै अहिले हङकङ पुगेका छन् । उनी प्रतियोगिताको उद्घाटन खेलका क्रममा केही समय मैदानमा रहेपनि त्यसपछि हङकङ उडे ।

View : 247

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved