Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको बाढी पहिरोको क्षतिबारे मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई जानकारी

उद्घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिबारे आइतबार प्रदेश प्रमुख परशुराम खापुङ्‌गलाई जानकारी गराएका छन् । 

कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानका घटना र विपद् व्यवस्थापनमा प्रदेश सरकारले गरिरहेको कामबारे मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङ्‌गलाई भेटेर जानकारी गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले सरकारले गरेका पहलकदमी र कोशी प्रदेश सरकार मन्त्रिपरिषद्‌बाट सम्पादन भएका काम कारवाहीबारे जानकारी गराएको जनाइएको छ ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीले बाढी पहिरो लगायतका विपद्बाट भएको क्षतिबारे प्रदेश प्रमुख खापुङ्‌गलाई जानकारी गराएको जनाएको छ ।

मुख्यमन्त्रीले पनि प्रदेश सरकारका गतिविधि जानकारी गराउनु पर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखलाई भेटेरै जानकारी गराएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा मुख्यमन्त्री कार्कीले शनिबार कोशी ब्यारेज तथा बराहक्षेत्रको स्थलगत निरीक्षण, कोशी प्रदेशमा राहत, पुनर्स्थापना र उद्धारका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई दिइएको निर्देशन लगायतका विषयमा जानकारी गराएको जनाइएको छ । 

भेटका अवसरमा उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङ्‌गलाई जानकारी गराएका हुन् ।

View : 120

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved