विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले लिएको २०८१ सालको कक्षा १२ को परीक्षामा विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।
पोखरिया माविबाट कक्षा १२ को परीक्षा दिएका तीन सय ३३ जना विद्यार्थीहरूमध्ये जीपीए २.४ देखि माथि ल्याएका विद्यार्थीहरूको संख्या २४० रहेको जनाइएको छ ।
नतिजाअनुसार कुल विद्यार्थीहरूमध्ये उत्कृष्ट नजिता ल्याउने विद्यार्थीको संख्या ७२ प्रतिशत रहेको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताए । उनले ११ जना विद्यार्थीले जीपीए ३.६ भन्दा माथि ल्याएको जानकारी दिए ।
त्यसैगरी ७३ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् । २.८ देखि ३.२ ल्याउने विद्यार्थीको संख्या ८८ जना रहेको जनाइएको छ । जीपीए २.४ देखि २.८ ल्याउने विद्यार्थी ६८ जना रहेका छन् । ९ जनाले जीपीए २ देखि २.४ ल्याएका हुन् । ८४ जना भने नन्ग्रेडेडमा परेका छन् ।
पोखरिया माविले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएको जनाइएको छ ।
View : 187
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved