Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

भरौल गोल्डकपको उपाधि आरटीएफसीलाई

उद्‌घोष संवाददाता
३० चैत २०८२, सोमवार

सुनसरी । मलेसियाको आरटीएफसी सुनसरीको बराहक्षेत्रमा जारी नवौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको पहिलो सहभागितामै च्याम्पियन बनेको छ । 

आइतबार सम्पन्न फाइनलमा मोरङको पथरी स्पोर्टिङ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आरटीएफसी च्याम्पियन बनेको हो । 

न्यू स्टार क्लबको आयोजनामा स्थानीय जडेज खेल मैदान भरौलमा भएको खेलमा आरटीएफसीलाई उपाधि जिताउन रिचार्ड विलियमले २ तथा रिचार्ड विइचेनले १ गोल गरे । 

तीन वटै गोल पहिलो हाफमा भएको थियो । पहिलो हाफको १५ औं र २२ औं मिनेटमा विलियमले गोल गरे । 

त्यसको तीन मिनेट लगक्तै अर्का खेलाडी विइचेनले गोल गरेपछि आरटी एफसीले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । 

दोस्रो हाफमा २ गोल फर्काए पनि पुनरागमन गर्ने पथरीको प्रयास अन्तिम समयसम्म सफल हुन सकेन । 

दोस्रो हाफको ११ औ मिनेटमा पथरीका टाम्पियो हबिज र १४ औं मिनेटमा डानियलले गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त भएन । 

पहिलो सहभागीतामै च्याम्पियन बनेको एनआरएन मलेसियाका उपाध्यक्ष एवंम पूर्वराष्टिय खेलाडी राजु तामाङको टोली आरटीएफसीले नगद ४ लाख र उपबिजेता पथरीले २ लाख रुपैयाँ जितेको छ । 

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरीका मिलन राई बने । उनले नगद २५ हजार रुपैयाँ पाए । 

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई बराहक्षेत्रका नगरपालिकाका प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी राई लगायतले पुरस्कार बितरण गरे । 

चैत्र २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई बिदेसीसहित ८ टोलीले प्रतिष्पर्धा गरेका थिए ।

View : 113

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved