Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उदघोषकर्मी दाहाल सम्मानित

उद्‌घोष संवाददाता
४ फागुन २०८२, सोमवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित लभ्ली एन्जल्स् इङ्लीस बोर्डिङ स्कुलको २९ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । 

सो अवसरमा पत्रकारिता क्षेत्रमा सक्रिय सञ्चारकर्मी मणिराम दाहाललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । 

नगरप्रमुख गुरागाईंले उनलाई सम्मान गरेका थिए । त्यसैगरी शिक्षक तथा कर्मचारी दीक्षा ढुङ्गाना र शम्भुप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका प्रिन्सिपल मजोज रेग्मीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान, सामाजिक तथा वातावरण सम्बन्धी चित्रहरूको प्रदर्शनीसमेत गरिएको थियो । 

कार्यक्रममा हास्य कलाकार तथा गायक बोकेदारीले रमाइला गीत–संगीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । 

विद्यालय सञ्चालक समिति अध्यक्ष उर्मिला थापा बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षासेवी अर्जुन बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

View : 156

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved