Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

तेस्रो मेयरकप अन्तरपालिका टी–२० क्रिकेटमा इटहरीको विजयी सुरूवात

उद्‌घोष संवाददाता
३१ वैशाख २०८३, बिहिवार

सुनसरी । इटहरीमा बुधबारदेखि सुरू भएको तेस्रो मेयरकप अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा इटहरी उपमहानगरपालिकाले विजयी सुरूवात गरेको छ । 

बुधबार भएको उद्घाटन खेलमा इटहरी रातोले सुनसरीकै दुहबी नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित निकालेको हो । 

इटहरीस्थित डीभीएम स्कुलको मैदानमा पहिले ब्याटिङ गरेको दुहबी नगरपालिकाले निर्धारित २० ओभरमा १० विकेट गुमाएर ३६ रन मात्र बनाउन सक्यो । 

जवाफमा ३७ रनको सामान्य लक्ष्य पछ्याएको इटहरी उपमहानगरपालिका रातोले मात्र १ दशमलव ५ बलमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।

प्रतियोगिता अन्तर्गत बिहीवार दुई खेल हुनेछन् । पहिलो खेलमा भोक्राह नरसिंह गाउँपालिका र इटहरी निलोबीच प्रतिष्पर्धा हुनेछ । 

दोस्रो खेलमा मेचीनगर नगरपालिका र धरान उपमहानगरपालिका बीच खेल हुने प्रतियोगिता संयोजक एवम् सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए । 

जेठ ५ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेसका १२ वटा पालिकाको टिमले प्रतिष्पर्धा गर्नेछन । 

आइडियल स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिताको बिजेता टिमले नगद ७५ हजार र उपबिजेताले ४० हजार पुरस्कार पाउनेछ । 

अघिल्लो दुइवटै संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो ।

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved