विराटनगर । विराटनगर तीनपैनीस्थित सिटी सिनेमा प्रालिले नेपालमै पहिलो पटक विश्वस्तरीय बार्को फोर-के लेजर प्रोजेक्टर जडान गरेको छ । अत्याधुनिक प्रविधिसहितको यस प्रोजेक्टर स्थापनाले विराटनगरको सिनेमा अनुभव अन्तर्राष्ट्रिय स्तरमा पुगेको सिटी सिनेमा प्रालिले जनाएको छ ।
झण्डै दुई करोड रुपैयाँको लागतमा जडान गरिएको उक्त प्रोजेक्टरले उच्च रिजोल्युसन, उत्कृष्ट उज्यालो, गहिरो कन्ट्रास्ट र जीवन्त रङका कारण दर्शकलाई विश्वस्तरीय दृश्य अनुभव प्रदान गर्ने सिटी सिनेमा प्रालिका प्रबन्धक शंकर मेहताले बताए ।
उनका अनुसार यो प्रविधि नेपालमा हालसम्म जडान भएको एकमात्र बार्को फोर-के लेजर प्रोजेक्टर हो ।
सिटी सिनेमा प्रालिले यस नयाँ प्रविधिले चलचित्र हेर्ने संस्कृतिमा नयाँ मापदण्ड स्थापित गर्ने र विराटनगरलाई अत्याधुनिक मनोरञ्जन केन्द्रका रूपमा चिनाउने अपेक्षा गरेको छ ।
दर्शकको अनुभवलाई अझ स्तरीय बनाउँदै नेपाली सिनेमा तथा समग्र मनोरञ्जन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कम्पनीले बताएको छ ।
कम्पनीले सबै चलचित्रप्रेमी दर्शकलाई सिटी सिनेमाको विश्वस्तरीय भिजुअल अनुभव लिन आमन्त्रण गरेको छ ।
View : 238
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved