Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

क्रिकेट लिगमा डाइनामिक विजयी

उद्‌घोष संवाददाता
४ माघ २०८२, आइतवार

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवात गरेको छ । डाइनामिकले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । 

कटहरीका लागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । 

डाइनामिकका विवेक झाले २ विकेट लिंदा विकाश कामत एसएस झा र सुवास रायले १–१ विकेट लिए ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामिकले १९ ओभरमा ७ विकेट गुमाइ सो लक्ष्य पार गरेको थियो । डाइनामिकका रवि रायले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे ।

कटहरीका अभय कामतले ३ विकेट, सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए । खेलको उत्कृष्ट खेलाडी डाइनामिकका विवेक झा घोषित भए ।

View : 153

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved