सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले मौरीपालन प्रवर्द्धन कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित कार्यक्रम अन्तर्गत नगरपालिकाले मौरीपालन गर्ने कृषकहरूलाई घारसहितको मौरी र त्यसका सहायक सामग्रीहरू वितरण गरेको नगर प्रमुख केदारप्रसाद गुरागाँईले बताए ।
चालु आर्थिक वर्षमा कृषकहरूको २५ प्रतिशत लागत सहभागितामा नगरपालिकाका २१ घरपरिवारलाई २ सय ६ वटा मौरीसहित घार र सहायक सामग्री वितरण गरेको उनले जानकारी दिए ।
मौरीपालनका लागि इच्छुक कृषकहरूलाई सहभागिताका लागि आवेदन आह्वान गरी कृषक छनोट गरेर तालिम प्रदान गरि घारसहित मौरी तथा सहायक सामग्रीहरू वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले बताए ।
सुन्दरहरैंचा नगरपालिकामा ठूलो मात्रामा तोरी खेती हुने हुँदा मौरीपालनको प्रचुर सम्भावना देखिएकाले कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख गुरागाईंको भनाइ छ ।
View : 78
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved