Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

सुदूरपश्चिमको विजयी सुरुआत

उद्‌घोष संवाददाता
४ मंसिर २०८२, बिहिवार

विराटनगर । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ ।

यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे ।

सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो ।काठमाडौका लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । 

यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एकरएक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो । 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाकी ५३ रन बनाएका थिए । 

बलिङमा काठमाडौंका करण केसीले सर्वाधिक ४ विकेट लिदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए ।

View : 176

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved