दुहबी : सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ४३३ मा रहेको ८ कठ्ठा १५ धुर जग्गा खाली गराइएको छ ।
दुहबी नगरपालिकाले सो जग्गामा बनेका घर टहरा र भौतिक संरचना खाली गराउन १५ दिने सूचना जारी गरेपछि अधिकांश घरहरू स्थानीयले आफै भत्काउन सुरु गरेका थिए । दुहबी नगरपालिकाले बाँकी रहेको घर संरचना सोमबार डोजर लगाएर भत्काएको हो ।
सपिङ कम्प्लेक्स लगायतको भौतिक संरचना निर्माण गर्नका लागि दुहबी नगरपालिकाले दुहबी बजारको अन्तिम प्लट पनि डोजर लगाएर खाली गराएको हो । यसअघि गत बैशाख र असारमा २ वटा प्लट खाली गराइएको थियो । दुहबी बजारमा ६ लेन सडकका लागि अझै करिब साढे ४ सय मिटर क्षेत्रमा विवाद छ ।
७० वर्षअगाडि तत्कालीन दुहबी ९ नम्बर वडाको दुहबी बजारमा आगलागी भएपछि तत्कालीन समयमावडा नम्बर ६ र ७ मा बजार व्यवस्थित गरिएको थियो । यसरी ७० वर्षदेखि आफूहरू व्यवसाय गर्दै वसोवास गरेको जग्गामा दुहबी नगरपालिकाले थोरै समय दिएर डोजर लगाएको स्थानीयले गुनासो पोखेका छन् ।
View : 171
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved