विराटनगर । कोशी प्रदेशमा बृद्धिमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । कोशी प्रदेशका ५ वटा स्थानीय तहमा कार्यन्वयन संचालन गरिने जनाइएको छ ।
कार्यक्रम संचालनका सम्बन्धित पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा त्रिपक्षीय सम्झौता भएको हो ।
३ करोड ७५ लाख रुफैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको कार्यत्रम झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा संचालन हुने जनाइएको छ ।
प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्क्रालय अन्तर्गत यो कार्यत्रम सुरु गरिएको हो । सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशिलता बढाउने ऊद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । कार्यत्रमका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ लगानी गर्ने बताए ।
त्यसैगरी सम्बन्धित पालिकाहरुले २० लाख र दायित्वले १५ लाख रुपैयाँ खर्च गर्ने जनाइएको छ ।
कोशी प्रदेशमा रोजगार बृद्धि गर्न र दक्ष कामदारको बजारीकरणको लागि फ्रदेश सरकारले कार्यक्रम संचालन लागेको जनाइएको छ ।
कार्यत्रमबाट दुई सय व्यक्तिलाई उद्यामशिलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब एक लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्लले जानकारी दिए ।
कृषि मन्क्रालयका सचिव डा. लेखनाथ दाहालले कार्यत्रमलाई सफल बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।
View : 102
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved