Biratnagar, Morang, Nepal
२५ जेठ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपामा कहाँ कसले जिते ?

उद्‌घोष संवाददाता
२५ जेठ २०८३, सोमवार

रास्वपा मोरङको निर्वाचित कार्यसमितिका पदाधिकारीहरु । तस्वीर : उद्घोष

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । 

शनिबार विराटनगरमा सम्पन्न अधिवेशनमा निकटतम प्रतिस्पर्धी कोषराज खनाललाई पराजित गर्दै कँडेल  सभापतिमा निर्वाचित भएका हुन् । 

निर्वाचनमा खसेको ४८६ मत मध्ये कँडेलले २८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी खनालले १३४ मत र अर्का उम्मेदवार सागर फुयाँलले ५६ मत प्राप्त गरेको बताइएको छ । 

उपाध्यक्ष पदमा बिमला बस्नेत निर्विरोध निर्वाचित भएकी थिइन् । सचिवमा १३० मतका साथ दिवस नेपाल निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी सुरेश श्रेष्ठले १२४ मत प्राप्त गरे । 

सचिव पदका अन्य उम्मेदवारहरू बुद्धिनाथ अधिकारीले ११९ र कुमार खुलालले १०३ मत ल्याएका थिए । 

सह–सचिव पदमा सिर्जना गिरी ३२३ मत पाएर निर्वाचित भइन् । सचिवका अर्का प्रतिस्पर्धी सन्तोष सिंहले १४६ मत प्राप्त गरे । 

जिल्ला कार्यसमितिको ४ सदस्यमा भावना बस्नेत श्रेष्ठ (२९४ मत), युवराज ओझा (२५८ मत), ओमप्रकाश श्रेष्ठ (२५७ मत) र लक्ष्मी श्रेष्ठ (१९६ मत) प्राप्त गरी विजयी भए ।

रास्वपा सुनसरीमा दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । 

उनले १४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए । 

उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी देविका भण्डारीले ७४ मत प्राप्त गरिन् । 

सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् । 

यसैगरी सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित भएको  जनाइएको छ ।

झापामा भण्डारी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित भएका छन् । 

मतपरिणामअनुसार भण्डारीले ३४१ मतका साथ आफ्ना दुई जना प्रतिस्पर्धीलाई पराजित गरेका हुन् । 

उनका निकटतम् प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनाली २५ मत प्राप्त गरेकोे निर्वाचन समितिले जनाएको छ । 

उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् । उनले २१० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ता तामाङले १९८ मत, लीला खड्काले १११ मत र देव सङ्ग्रौलाले ९३ मत प्राप्त गरेका थिए ।

सचिवमा ३६८ मत पाएर विरोध सुवेदी निर्वाचित भए । उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत पाए । 

सहसचिवमा भीमबहादुर कुँवर ३५२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरे ।

रास्वपा ताप्लेजुङमा गुरुङ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । 

यसैगरी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं निर्वाचित भएका छन् । 

सदस्यहरूमा कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा चयन भए ।

भोजपुरमा भुजेल 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन् । 

समितिको उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री र सह–सचिवमा अनिल बस्नेत चयन भएका छन् । 

जिल्ला कार्यसमितिको सदस्यमा चन्द्रकुमार श्रेष्ठ, देवराज धमला र सितादेवी ढुङ्गाना (कार्की) चयन भए ।

सोलुखुम्बुमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुको सभापतिमा नारायण काजी कार्की निर्वाचित भएका छन् । 

उपसभापतिमा पासा शेर्पा, सचिवमा रमेशकुमार बस्नेत र सहसचिवमा टेकबहादुर श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा धनबहादुर विक, जसबहादुर राई, लेमी लामा शेर्पा, जिकु शेर्पा, पुष्पलता बास्तोला र रेखा श्रेष्ठ चयन भएका छन् ।

View : 90

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved