विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान–६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनकुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरेका थिए ।
प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका–७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी उनलाई पक्राउ गरेका थिए ।
दुबै जना प्रहरी कर्मचारीले गरेको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
View : 371
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved