Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

इन्द्रपुर जेसिजको पदस्थापन

उद्‌घोष संवाददाता
१८ पुष २०८०, बुधवार

सुन्दरहरैंचा । सुन्दरहरैंचास्थित इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । 

पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिजकी अध्यक्ष विना सुवेदी आचार्यले नवनिर्वाचित अध्यक्ष उत्सव थापालाई जेसिजको पदभार हस्तान्तरण गरेकी थिइन् ।

यसैगरी जुनियर जेसिजका अध्यक्ष रिकेश भण्डारीले नवनिर्वाचित अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे ।

पदस्थापन कार्यक्रममा अध्यक्ष थापा पदभार ग्रहणसँगै आफ्नो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजको आस्था र विश्वास अनुसार काम गर्ने उल्लेख गरे ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल,कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भीम कुँवर लगायतको सहभागिता थियो ।

View : 456

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved