Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

युवा उद्यमीले भेटे इजरायली राजदुत, उद्यमशीलताको विकासमा चासो

उद्‌घोष संवाददाता
१२ भदौ २०८२, बिहिवार

विराटनगर । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालकालागि इजरायलका राजदूत श्मुलिक एरिसँग भेट गरेको छ ।

विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेललगायत पदाधिकारी र सदस्यहरुसहितको टोलीले राजदुत एरिसँग बिहीवार विराटनगरमा भेट गरेको हो I

भेटका क्रममा युवा उद्यमी मंचको टोलीले इजरायलका युवा उद्यमीहरूसँगको सहकार्य, नेपालमा उद्यमशीलताको विकासमा प्रविधिको भूमिका तथा यसको उपयोगबारे राजदूतसँग जिज्ञासा राखेका थिए ।

सो अवसरमा राजदूत एरिले मंचको टोलीलाई धन्यवाद दिँदै नेपाल–इजरायल सम्बन्धलाई अझ प्रगाढ बनाउन सकारात्मक पहल गर्ने बताएको विराटनगर च्याप्टरका लर्निंग चेयर सागर राज ढुंगानाले जानकारी दिए ।

राजदुतसँगको भेटले दुवै पक्षबीच आगामी दिनमा उद्यमशीलता, प्रविधि र नवप्रवर्तन (इनोभेशन) का क्षेत्रमा सहकार्य गर्ने सम्भावना बढ्ने मंचको विश्वास रहेको ढुंगानाले बताए ।

View : 353

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved