Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

ह्याक गरेर ठेक्का विवरण नै हेरफेर, ६ जना पक्राउ

उद्‌घोष संवाददाता
२७ चैत २०८२, शुक्रवार

विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्नमेन्ट प्रोक्योरमेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच स्थापित गरेर विभिन्न सरकारी ठेक्काहरूको विवरण हेरफेर गरेको आरोपमा सुनसरी दुहबीका एक जनासहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दिवाकर देउजा पाख्रिवास धनकुटाका हुन् भने भरत धामी बझाङको दुर्गाथली गाउँपालिका हुन् भने सञ्जय भट्ट तनहुँको बन्दीपुर गाउँपालिकाका हुन् । त्यस्तै भाष्करराज अर्याल (काठमाडौं), सागर कटुवाल (हेटौंडा) र जीवनकुमार दास दहवी (सुनसरी) का हुन् ।

अभियुक्तहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै बोलपत्रकर्ताको आर्थिक प्रस्तावको कागजपत्र परिवर्तन गरेको उजुरी परेपछि साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो । 

पक्राउ परेकाहरूमाथि अहिले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको संयुक्त टोलीले विभिन्न मिति र स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । 

अभियुक्तहरूले ई–जीपी प्रणालीमा अनधिकृत प्रवेश गरी बोलपत्र सम्बन्धी गोप्य विवरण हेर्ने र परिवर्तन गर्ने काम गरेका थिए । यसबाट सरकारी ठेक्काहरूमा अनुचित लाभ पु¥याउने प्रयास भएको आशंका गरिएको छ ।

पीपीएमओको ई–जीपी प्रणालीमार्फत मुलुकभरका ठेक्काहरू अनलाइन नै दर्ता, मूल्याङ्कन र छनोट हुने गर्छन् । 

यस्तो प्रणालीमा ह्याकिङ वा अनधिकृत पहुँच भएमा ठूलो आर्थिक अनियमितता हुन सक्ने जोखिम रहन्छ । 

साइबर ब्यूरोले यस घटनाको गहिरो अनुसन्धान गरिरहेको र थप संलग्नता भएका व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।

View : 118

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved