विराटनगर । कोशी प्रदेश सभा अगाडि आन्दोलनमा उत्रिएको जेनजी समुहका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीहरू प्रदेश सभा भवनभित्र प्रवेश गर्न खोजिरहेका छन् । तर प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे भइरहेको छ ।
प्रदर्शनकारीलाई प्रहरीले लखेटिरहेको छ । सोमबार १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि आज आन्दोलन चर्किएको छ ।
यसैबीच, मधेस प्रदेश सभाको भवनमा प्रदर्शनकारीले आगजनी गरिदिएका छन् ।
अहिले प्रदेश सभाभित्र आगो दन्किइरहेको स्थानीय संचारकर्मीले जानकारी दिएका छन् ।
View : 278
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved