काठमाडौं । शुक्रबारदेखि नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रुपमा प्रवेश गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो ।
यद्यपी, नेपालका अन्य भूभागमा भने मनसुन फैलिन अझै केही दिन लाग्नेछ ।
विभागका अनुसार बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ । हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेशका केही क्षेत्रमा देखिएको छ ।
अहिले मनसुन कमजोर अवस्थामै रहे पनि आगामी केही दिनमा क्रमशः देशका अन्य भूभागमा समेत फैलिने सम्भावना रहेको विभागले जनाएको छ ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved