सुन्दरहरैँचा । सुन्दरहरैँचा नगर अस्पतालमा चारवटा विशेषज्ञ सेवा थप गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै विशेषज्ञ सेवा शुभारम्भ गरेका हुन् ।
अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनिषप्रसाद गुप्ता र वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कल्पनाकुमारी यादवको सेवा थप गरिएको हो ।
यसअघि अस्पताल प्रमुख डा. विशालचन्द्र सुवेदी विशेषज्ञ चिकित्सकको रूपमा रहेकाले अब उनीसहित पाँच जना विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख बाबुराम भट्टराईले बताए ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंले गरिब तथा विपन्न नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ सेवा विस्तार गरिएको बताए ।
नगरप्रमुख गुरागाईंका अनुसार सुन्दरहरैँचा मात्र नभई बेलबारी, ग्रामथान र बढीगंगालगायतका क्षेत्रबाट समेत नगर अस्पतालमा सेवा लिन नागरिक आउने गरेका छन् ।
आगामी दिनमा अस्पतालबाट अझ गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
अस्पतालका प्रशासन प्रमुख बाबुराम भट्टराईले नयाँ भवन निर्माण सम्पन्न भए पछि अपरेसन थिएटर सञ्चालनसम्मको योजना रहेको बताए ।
तत्कालका लागि चारवटा विशेषज्ञ सेवा थप गरिएको र अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको भट्टराईले बताए ।
View : 15
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved