विराटनगर । सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ ।
काठमाडौंमा शुक्रबार आयोजित ८ औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।
देशमा आईसीटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाइदै आएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०/२०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबै भन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।
विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीले आफनो सीएसआर अन्तर्गत २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको दाबी गरेको छ ।
View : 283
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved