Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

नक्सा पासै नगरी बनेको इस्टर्न सिटी र महानगरबिच करको विवाद, इस्टर्न सिटीले महानगरलाई हाल्यो मुद्दा

विराटनगर महानगरपालिकाको राजस्व महाशाखाका अनुसार महानगरलाई इस्टर्न सिटीले ३५ लाख मात्र राजस्व तिरेको छ । बाँकी ९६ लाख ६७ हजार तिर्नुपर्ने महानगरको रेकर्डमा देखाइएको छ ।
उद्घोष सम्वाददाता
२० असार २०८१, बिहिवार

विराटनगर । विराटनगर–२ स्थित इस्टर्न सिटी कम्पनीले विराटनगर महानगरपालिका विरूद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । महानगरले लगाएको कर अत्यन्तै बढी भएको भन्दै इस्टर्न सिटीले महानगरपालिकाविरूद्ध मुद्दा दायर गरेको हो । 

व्यापारिक उद्देश्यले झण्डै एक दशकअघि बनाएको इस्टर्न सिटीको भवनको नक्सा पास छैन । विना स्वीकृत भवन बनाएर विझिन्न व्यक्तिलाई फ्ल्याट बित्री गरेको सो कम्पनीको एक दशकदेखि व्यवसायको पनि नविकरण गरेको छैन । 
सबै कर चुक्ता नगरेसम्म घर निर्माण सम्पन्नको प्रमाणपत्र नपाइने हुँदा कम्पनीले कसैलाई पनि फ्ल्याट नामसारी गरेर दिन सकेको छैन ।

विराटनगर महानगरपालिकाको राजस्व महाशाखाका अनुसार महानगरलाई इस्टर्न सिटीले ३५ लाख मात्र राजस्व तिरेको छ । बाँकी ९६ लाख ६७ हजार तिर्नुपर्ने महानगरको रेकर्डमा देखाइएको छ । महानगरले कर धेरै लगाएको भन्दै कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

महानगरपालिकाले आर्थिक वर्ष ०७१/०७२ देखिको कर निर्धारण गरेर कर बापतको बाँकी रकम तय गरेको हो । इस्टर्न सिटीले भने ०७४/०७५ देखिको मात्रै कर तिर्न खोजेपछि विवाद बढेको हो । 

सिटी प्यालेससँग पनि महानगरको करको कुरो मिल्न सकेको छैन । प्यालेसलाई महानगरले १ करोड ५० लाख बराबर कर तिर्न ताकेदा गरिरहेको छ । 

सिटी प्यालेसले भने त्यत्रो कर तिर्न आनाकानी गरिरहेको छ । महानगरले बढी दवाब दियो भने सिटी प्यालेस पनि अदालत जाने तयारीमा रहेको जनाइएको छ ।

साना व्यवसायीहरूबाट महानगरले कर लिए पनि ठूला व्यवसायीहरूबाट कर उठाउन सकिरहेको छैन । कर नतिर्नेमा पेशागत संस्थाहरू पनि छन् जसले महानगरबाट आफ्नो भवनको नक्सा पास पनि गराएका छैनन् ।

View : 194

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved