Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

रोटरीद्वारा पूर्व डीजी रिजालको श्रद्धाञ्जली सभा

उद्‌घोष संवाददाता
२६ वैशाख २०८३, शनिवार

Advertisement

विराटनगर । रोटरी क्लब अफ विराटनगरको आयोजनामा रोटरी डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर (डीजी) स्वर्गीय सन्तोष रिजालको सम्झनामा शनिबार विराटनगरमा श्रद्धाञ्जली सभा गरिएको छ।

कार्यक्रममा उपस्थित रोटरियन तथा विशिष्ट व्यक्तिहरूले स्वर्गीय रिजालको तस्बिरमा माल्यार्पण गर्दै रोटरी अभियान र समाजसेवामा उहाँले पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च मूल्याङ्कन तथा चर्चा गरेका थिए।

श्रद्धाञ्जली सभामा पूर्व डिस्ट्रिक्ट गभर्नरहरू वासुदेव गोल्यान, ताराचन्द खेतान, डा. वीरेन्द्रकुमार विष्ट, डा. नारायणकुमार, विनोद अग्रवाल, गिरिजा सारडा, सरिता अग्रवाल, टी.पी. आचार्यलगायतका रोटरियनहरूले मन्तव्य राख्दै रिजालको व्यक्तित्व र सामाजिक कार्यको स्मरण गरेका थिए।

उक्त शोक सभामा विराटनगरमा सक्रिय तीनवटै रोटरी क्लबहरू—रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर मिडटाउनका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्पूर्ण रोटरियनहरूले एकताबद्ध भई दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए।

स्मरण रहोस्, रोटरी अभियानका एक सशक्त व्यक्तित्व तथा पूर्व डिस्ट्रिक्ट गभर्नर रिजालको गत वैशाख २० गते आइतबार काठमाडौँमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको थियो।

View : 338

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved