विराटनगर । प्रहरी प्रशासनले सुरक्षा लिन नसकेपछि मंगलबार राती सुनसरीको झुम्का कारागारबाट चार सय बढी कैदी भागेका छन् । भागेका मध्ये केहीलाई गए राती नै सुरक्षामा खटिएको नेपाल सेनाले नियन्त्रणमा लिएको छ ।
झुम्का कारागार प्रमुख सुवास लामिछानेले दिएको जानकारी अनुसार ब्लक 'ए' र 'बी' मा गरी १०९८ कैदीबन्दी रहेको कारागारका धेरै कैदी भागेका छन् ।
विभिन्न कसुरमा कैद सजाय पाएर कैद भुक्तान गरिरहेका कैदीहरू भागेपछि सुरक्षा चुनौति थपिएको छ । कारागारबाट भागेका कैदीहरूले आ–आफ्नो झोला बोकेर हिंडेका छन् ।
ज्यादै बल प्रयोग गर्नुपर्ने अवस्था बनेका कारण कारागारका सुरक्षाकर्मी पछि हटेको कारागार प्रशासनको भनाइ छ । नेपाली सेनाको टोली आइपुगेपछि भने केही कैदीबन्दी भित्रै रहेको जनाइएको छ ।
मंगलबार दिनभर चर्किएको जेनजी समुहको उग्र प्रदर्शनका कारण स्थानीय प्रशासनले क्षति न्यूनिकरणका लागि कुनैपनि प्रयास गर्न सकेन ।
प्रहरी प्रशासनले आफैं असुरक्षित महसुस गरेपछि अति संवेदनशिल क्षेत्रका रुपमा रहेको कारागारबाट कैदीहरू निस्किएका हुन् ।
क्षमताभन्दा उच्च संख्यामा कैदीबन्दी रहेको विराटनगर कारागार भने सुरक्षा निकायको नियन्त्रणमा रहेको जनाइएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पथरीका १९ जना र उर्लाबारीमा रहेका १४ जना थुनुवा भने भागेका छन् ।
View : 421
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved