Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह

उद्‌घोष सम्वाददाता
११ असोज २०८१, शुक्रवार

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर) सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउने बताए ।

उनले नयाँ एन्टिबोयटिक्स, वैकल्पिक उपचार र नवप्रवर्तनात्मक समाधानका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको र स्वास्थ्य पूर्वाधार, विकास र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्नेमा पनि जोड दिए ।

View : 87

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved