विराटनगर । खोटाङमा जंगलको डढेलो बस्तीमा फैलिंदा दुई घर जलेका छन् ।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका बन्दिरबहादुर राई र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी काउलेका देशबहादुर विश्वकर्माको घर डढेलो फैलिएर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
देउरालीस्थित कटहरे पाखाको जंगलमा लागेको डढेलोले सोमबार साँझ राईको घर र दुईवटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
राजापानीको छिताकुण्ड सामुदायिक वनमा लागेको डढेलोले विश्वकर्माको दुई तले घर जलेको हो ।
उनको घरसहित भित्र रहेको अन्नपात, लत्ताकपडा, नगद २५ हजार र विभिन्न प्रकारका कागजातहरु जल्दा करीव एक लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
View : 266
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved