Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

हसेली दर्शन गरेर फर्किएको गाडी भिरबाट खस्यो

उद्‌घोष संवाददाता
१९ साउन २०८२, सोमवार

Advertisement

विराटनगर । हलेसी दर्शन गरेर फर्किएको एउटा गाडी सोमबार विहान दुर्घटनामा परेको छ । 

सिराहाबाट रिजर्वमा हलेली गएर फर्किएको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी खोटाङको हलेसी तुवाचुङ–२ जयरामघाट नजिकै भिरबाट खसेर दुर्घटनामा परेको जनाइएको छ ।

गाडीमा सवार १७ जना यात्रु मध्ये कम्तिमा चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरी र स्थानीयबासीले सडकबाट डेढ सय मिटर तल खसेको गाडीबाट घाइतेहरूको उद्दार गरेका छन् । 

घाइतेहरूको घुर्मीस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चालक फरार रहेकोले खोजी भइरहेको खोटाङ प्रहरीले जनाएको छ ।

View : 513

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved