Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर

माओवादी कोशी प्रदेश कोषाध्यक्ष पुरीलाई चार करोड तीन लाख जरिवाना

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीको ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध देखिएको ठहर गरेको छ ।
उद्घोष सम्वाददाता
६ फागुन २०८०, आइतवार

विराटनगर । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरीलाई दोषी ठहर गर्दै उनीबाट ४ करोड ३ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीको ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध देखिएको ठहर गरेको छ । 

बाँकी ४ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा एक साता अघि विशेष अदालतबाट दोषी ठहर भएका थिए । विशेष अदालतले पुरी विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धि मुद्दामा गत आइतबार फैसला गर्दै कसुर ठहर गरेको थियो ।

पुरीविरूद्ध २०७७ माघमा अकूत सम्पत्ति आर्जन गरेको भन्दै १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धि मुद्दा चलिरहेकै बेला उनी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए ।

पुरीमाथि २० बिघा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरुलाई बेचबिखन गरी सम्पत्ति बढाएको आरोप लागेको थियो । उक्त आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

View : 247

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved