काठमाडौँ, १ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताएका छन्।
बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए । साथै उनले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।
आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे ।
उनले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गरे ।
काठमाडौँ महानगरपालिका– १४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका बताए ।
कृषि बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले कृषि क्षेत्रको विकासबाट नै आर्थिक उन्नयनमा टेवा पुग्ने भएकाले किसानलाई अनुदान दिएर उत्पादन बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । रासस
View : 227
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved